गण्डकी प्रदेशमा ५९ जना कोरोना संक्रमित थपिए

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा मंगलबार थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । 

पोखरामा ३१ सहित गण्डकी प्रदेशमा थप ५९ संक्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार गोरखामा १०, बाग्लुङमा नाै, नवलपुरमा ६, तनहुँमा तीनजना संक्रमित थपिएका हुन् । 

पोखरामा देखिएका संक्रमितमध्ये गण्डकी मेडिकल कलेजमा एकजना बिरामी र पार्कल्यान्ड अस्पतालमा कार्यरत चिकित्सकबाहेक सबै पोखरा फुड्स प्रालिमा कार्यरत कर्मचारी हुन् । पोखरा फुड्मा संक्रमण पुष्टि भएकामध्ये २० पुरुष र चारजना महिला हुन् ।

निर्देशनालयले दिएको जानकारीअनुसार प्रदेशमा जम्मा संक्रमितको संख्या दुई हजार ६ सय ६० पुगेको छ । 

प्रदेशमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । 

गण्डकी प्रदेशमा एक हजार सात सय ९७ जनाले कोराना संक्रमणलाई जितेका छन् ।

सुझावित समाचार