काठमाडौं उपत्यकामा थप तीन सय २६ जनामा संक्रमण

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार थप तीन सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएकामा काठमाडौंं जिल्लाका दुई सय ९३ जना, ललितपुर जिल्लाका २० जना र भक्तपुर जिल्लाका १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार देशभरि नौ सय ७९ जना नयाँ संक्रमित थपिएका छन् । 
 

सुझावित समाचार