प्रदेश १ मा सोमबार एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै प्रदेशमा कोरोना संक्रमित चार हजार एक सय ७७ जना पुगेका छन् । हालसम्म यस प्रदेशमा ४३ जना संक्रमितको निधन भइसकेको छ ।
संक्रमितमध्ये एक हजार आठ सय ९६ जना निको भएका छन् ।
पछिल्लो समय मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा एकजना संक्रमित थपिएका छन् ।
सोमबार मोरङको विराटनगर महानगरपालिकामा २० महिला र ३१ पुरुष संक्रमित थपिएका छन् । रतुवामाई र बेलबारी नगरपालिकामा पाँच–पाँचजना पुरुष, जहदा गाउँपालिकामा एक महिला दुई पुरुष र धनपालथान गाउँपालिकामा तीन पुरुषमा कोरोना संक्रमण पाइएको छ ।
सुनसरीको इनरुवा नगरपालिकामा २४ महिला १८ पुरुष, इटहरी उपमहानगरपालिकामा पाँच महिला १० पुरुष, धरान उपमहानगरपालिकामा चार पुरुष, दुहवी नगरपालिकामा दुई पुरुष, रामधुनी नगरपालिकामा एक पुरुष र गढी गाउँपालिकामा एक महिला र एक पुरुष संक्रमित थपिएका छन् ।
यसैगरी झापाको कन्काई नगरपालिकामा सात महिला र ६ पुरुष, बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकामा एक–एक पुरुष संक्रमित पाइएका छन् । पाँचथरको फिदिम नगरपालिकामा ६ पुरुष र उदयपुरको बेलका नगरपालिकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेशमा सोमबार सुनसरीमा बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आइसोलेसन, चतराबाट ३१, बी. जेनरल अस्पताल आइसोलेसन हरिनगर सुनसरीबाट १० मोरङको विराट मेडिकल कलेज आइसोलेसनबाट पाँच, कालिसदन आइसोलेसन विराटनगरबाट चार र मारवाडी सेवा सदन विराटनगर आइसोलेसनबाट एकजना डिस्चार्ज भएका छन् ।