कोरोना मिटर : आज १७ सय ३६ जना संक्रमणमुक्त, थप नौ सय ७९ जनामा संक्रमण पुष्टि

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ सय ७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा नाै हजार दुई सय १८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार दुई सय ३६  पुगेको छ ।

त्यसैगरी विगत २४ घन्टामा १७ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भइसकेका छन् ।

संक्रमणमुक्त हुने दर सोमबारसम्म ६५ प्रतिशत रहेको गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या भने १६ हजार दुई सय ५९ छ ।

संक्रमितमध्ये होम आइसोलेसनमा सात हजार एक सय ९० जना र संस्थागत आइसोलेसनमा नौ हजार ६९ जना छन् ।

उपचाररत संक्रमितमध्ये एक सय ७१ जनाको आइसियूमा र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए । 
 

सुझावित समाचार