विराटनगरमा कोरोना संक्रमणबाट एक पुरुषको निधन

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट विराटनगरमा सोमबार बिहान एक संक्रमित पुरुषको निधन भएको छ । 

कोसी कोभिड उपचार केन्द्रमा उपचार गराइरहेका विराटनगर महानगरपालिका– १० का  ७६ वर्षीय पुरुषको सोमबार बिहान निधन भएको हो । 

बिरामी भएर उपचार गराउन कोसी अस्पताल आएका उनको पिसिआर परीक्षण गर्दा पोजेटिभ पाइएपछि उनलाई उपचार केन्द्रमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

विराटनगर महानगरमा आइतबारसम्म १२ सय २१ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये पाँच सय ६१ जना निको भएका छन् । 

१४ जनाकाे भने निधन भएको छ ।

सुझावित समाचार