नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ मा

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण
नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ मा

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार (२६ भदौ)मा हुने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडलसहितको छलफलले २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्थायी समितिको बैठक १३ साउनमा स्थगित भएको थियो । 

सुझावित समाचार