कोरोना मिटर : आज नौ सय ८० संक्रमित थपिए, १८ सय १४ जना निकाे भएर डिस्चार्ज

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर नौ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा १० हजार तीन सय ८२ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थप भएकोसमेत हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार दुई सय ५७ पुगेको छ ।

त्यसैगरी विगत २४ घन्टामा एक हजार आठ सय १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

योसमेत हालसम्म २८ हजार नौ सय ४१ जना डिस्चार्ज भइसकेका छन् । 

संक्रमित निको हुने दर ६३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित १७ हजार २७ जना छन् ।

संक्रमितमध्ये नौ हजार दुई सय एकजना संस्थागत आइसोलेसन र सात हजार आठ सय २६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये एक सय ७४ जनाको आइसियूमा र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार