झापाकी एक महिलाको कोरोना संक्रमणबाट धरानमा निधन

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका एक संक्रमितको निधन भएको छ । 

आइतबार १०ः४५ मा उपचारको क्रममा झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । 

उनी एक सातादेखि कब्जियत, ज्वरो, श्वासप्रश्वासमा समस्याका कारण मेची अस्पतालमा भर्ना भएकी थिइन् । 

समस्या झन्झन् बढ्दै गएपछि गत १८ भदौमा प्रतिष्ठानमा रेफर भएर आएकी थिइन् । 

सोही दिन गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएपछि उनलाई कोभिड– १९ अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

मधुमेहको समेत बिरामी रहेकी उनको आइतबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार