कोरोना अपडेट : आज १३ सय ५९ संक्रमित, १३ सय ५४ निको भएर डिस्चार्ज

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १३ हजार ६ सय ३८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४४ हजार दुई सय ३६ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार १३ सय ५४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार पाँच सय ६१ पुगेको छ ।

संक्रमणमुक्त हुने दर ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुने दर केही दिनयता वृद्धि भएको छ ।

अहिले संक्रमित अवस्थामा भने १८ हजार चार सय चारजना छन् । 

तीमध्ये १० हजार नौ सय ४२ जना संस्थागत र सात हजार चार सय ६२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 
 

सुझावित समाचार