हत्यापछि मृतकको टाउको बोकेर आत्मसमर्पण गर्न प्रहरी चौकी आए राजु परियार

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

नीलकण्ठ नगरपालिका– १३ खल्चेतमा गएराति एकजनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका छन् ।

स्थानीय सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अभियुक्त राजु परियारले जनाएका छन् ।

हत्यामा संलग्न अभियुक्त २६ वर्षीय  परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको  प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

 हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । शव धादिङ अस्पतालमा परीक्षणका  लागि राखिएको छ । रासस

सुझावित समाचार