बुटवलमा कोरोना संक्रमित ७८ वर्षीय वृद्धको निधन

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान एक कोरोना संक्रमितको निधन भएको छ । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिकाका ७८ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । 

यही भदौ ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल आएका उनी विगत नाै दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए ।  

कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममै उनकाे आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुझावित समाचार