मोरङमा तास खेलिरहेका १२ जुवाडे पक्राउ

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

मोरङको कानेपोखरी गाउँपालिका– ७ स्थित चालिसबिघे भन्ने ठाउँबाट बुधबार साँझ तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोललीले तीन लाख पाँच हजार एक सय रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका– १ का विमल गुरुङ, कृष्ण लिम्बू, चन्द्र लिम्बू, श्याम लिम्बू, यसैगरी लेटाङ नगरपालिकाका समीर तामाङ, झापा बिर्तामोड नगरपालिकाका सञ्जीव घतानी, लक्ष्मीकुमार तामाङ र झापाकै हल्दिबारी गाउँपालिकाका ताराकुमार जोगी रहेका छन् । 

यस्तै झापा बुद्धशान्ति गाउँपालिकाका मनीष लिम्बू, धरानका रुपजंग लिम्बू, किरण उदास र इटहरीका राजन पौडेल रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

कानेपोखरी– ७ का  किशोर लुइँटेलको घरमा तास खेलिरहेको अवस्थामा नगदसहित जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार