नेकपाको सचिवालय बैठक ३ बजे बस्ने

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

बिहीबार बिहान ११ बजे बालुवाटारमा बोलाइएको नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टी सचिवालयको बैठक आज दिउँसो ३ बजे बस्ने भएकाे छ ।

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने कि अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने सम्बन्धमा ठोस निर्णय गर्न सचिवालय बैठक डाकिएको हो । खतिवडाको कार्यकाल २१ भदौमा सकिँदै छ । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन २० भदौसम्म राष्ट्रिय सभा सदस्य बनाउनैपर्छ । 

प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् । तर, सचिवालयका बहुमत सदस्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम आफैँ, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिन नहुने पक्षमा छन् ।

See More On

सुझावित समाचार