काठमाडौं उपत्यकामा थपिए तीन सय ८८ संक्रमित

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थप तीन सय ८८ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका तीन जिल्लाध्ये सबैभन्दा बढी काठमाडौंमा तीन सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरमा २९ जना र भक्तपुरमा नौजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 
 

सुझावित समाचार