भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

भैरहवाको भीम अस्पतालमा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । नवलपरासी रामग्राम नगरपालिकानिवासी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।

संक्रमित महिला १५ भदौदेखि अस्पतालमा उपचाररत थिइन् । सुगर, प्रेसरसँगै श्वासप्रश्वासमा समस्या भएकाले उनलाई आइसियूमा राखेर उपचार गरिएको अस्पतालले जनाएकाे छ ।  

यसअघि गैडहवा गाउँपालिकाका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । उनकाे होम आइसोलेसनबाट उपचारका लागि भीम अस्पतालमा ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएको थियो । 

अस्पतालका अनुसार आइसियूमा चार र सामान्य वार्डमा १७ जना गरी अहिले २१ जना संक्रमित उपचाररत छन् ।
 

सुझावित समाचार