डलर साटिदिने भन्दै साढे २० लाख ठगी, काठमाडौंबाट एकजना पक्राउ

बुधबार, ९ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सस्तो दरमा डलर साटिदिने भनी प्रलोभनमा पारी झन्डै साढे २० लाख नेपाली रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ३, धार्पा घर भई कागेश्वरी मनोहरा– ६ मूलपानी बस्ने ३३ वर्षीय जितबहादुर पाइन पक्राउ परेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पाइनले ३० हजार अमेरिकी डलर सस्तो दरमा साटिदिन्छु भनी गत २ असोज बिहान ९ बजेतिर गोकर्णेश्वर– ३ स्थित तारेभिरको जंगलनजिक एकान्त ठाउँमा बोलाई पीडितले साथमा ल्याएको २० लाख ४५ हजार रुपैयाँ लिई फरार भएका थिए।

मंगलबार बेलुका ६ बजेतिर मूलपानीबाटै पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
 

सुझावित समाचार