पृथ्वी राजमार्गमा रोकिएका सवारी वैकल्पिक मार्गबाट पास गराइँदै

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

धादिङ/ पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदीनजिकै सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको छ। अवरुद्ध राजमार्ग खुलाउन ब्याक कटिङको काम भइरहे पनि साँझसम्म लाग्ने नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन्। 

गलौँदीदेखि घाटबेँसी निस्कने भित्री सडकमार्फत रोकिएका सवारीलाई पास गराइएको छ। तर, गलौँदीतर्फ उकालो र घाटबेँसीतर्फ हिलो भएकाले मालबाहक सवारीसाधन भने पास हुन समस्या देखिएको छ। त्यसैले अति आवश्यक काम परे मात्रै यात्रामा निस्कन धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम)ले सबैमा अनुरोध गरेकी छिन्।

सुझावित समाचार