मनाङको सदरमुकाम चामेमा थुनिएको मर्स्याङ्दी नदीको पानीको तह क्रमशः घट्न थालेको छ। सोमबार बिहानसम्म थुनिएको पानीको सतह एक मिटरभन्दा बढी घटिसकेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए।
नदीको पानी बिस्तारै घट्न थालेपछि चामे क्षेत्रमा देखिएको जोखिम केही कम हुँदै गएको छ। पानीको बहाब र सतहमा निरन्तर निगरानी भइरहेको स्थानीय प्रशासन तथा गाउँपालिकाले जनाएको छ।
नदीको पानीको सतह घटे पनि जोखिम पूर्ण रूपमा टरिसकेको अवस्था नरहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। नदीको बहाब, पानीको सतह तथा आसपासको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाइएको छ।
स्थानीय प्रशासन र चामे गाउँपालिकाले नदीआसपासको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। पानीको सतहमा पुनः वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको छ।
मर्स्याङ्दीको पानी थुनिएपछि चामे क्षेत्रमा केही समययता स्थानीयवासीमा त्रासको अवस्था सिर्जना भएको थियो। नदीको पानीको सतह घट्न थालेसँगै भने तत्कालको जोखिम केही कम भएको छ। यद्यपि, अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म नदीआसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।