डिएनएको नजिता आउन अझै एक महिना लाग्ने

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

भोटेकोशी  बाढीमा फेला परेका १ हजार ४५३ शवमध्ये हालसम्म १०८ शवको मात्र सनाखत भएको छ। सनाखत हुन बाँकी शवको डिएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डिएनए परीक्षणबाट शवको सनाखत गर्न अझै कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ। प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले सकेसम्म छिटो नतिजा निकाल्ने गरी काम भइरहेको बताए।

उनका अनुसार हालसम्म मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३८९ वटा डिएनए नमुना संकलन गरिएको छ। 'सकेसम्म छिटो नतिजा आउने गरी काम गरिरहेका छौँ,' काफ्लेले भने, 'एक महिनाभित्र डिएनए म्याचिङको नतिजा दिने हाम्रो लक्ष्य छ।'

डिएनए परीक्षणमा भारत र चीनलगायत देशबाट आएका प्राविधिकले समेत सहयोग गरिरहेका छन्। जापान, सिंगापुरलगायत देशले पनि प्राविधिक सहयोग उपलब्ध गराएका छन्।

सनाखत हुन बाँकी १ हजार ३३४ शवलाई प्रहरीले जमिनमुनि अस्थायी रूपमा व्यवस्थापन गरेको जनाएको छ। बाढीमा बेपत्ता हुनेमध्ये ६३६ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ।

डिएनए परीक्षणपछि शवको पहिचान भएसँगै सम्बन्धित परिवारलाई जानकारी गराउने र आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

सुझावित समाचार