गोरखा नगरपालिका– १०, छेबेटारस्थित दरौँदी नदीको खोँचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।
असोज ९ गते बिहानदेखि नदीको खोँचमा फसेका पालुङटार नगरपालिका– १, खोप्लाङ कोसगाडेका अन्दाजी ३० वर्षीय सोनम गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गुल्म हेडक्वार्टर गोरखाबाट खटिएको टोलीले उद्धार गरेको हो।
मानसिक अवस्था असामान्य रहेको बताइएका गुरुङलाई सुरक्षाकर्मीले जोखिमपूर्ण स्थानबाट दिउँसो १ः१० बजे सकुशल उद्धार गरी आवश्यक प्रक्रियाका लागि अस्थायी प्रहरी पोस्ट छेबेटारमा बुझाएको जनाइएको छ।
उद्धारसम्बन्धी जानकारी सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिएका हुन् ।