जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

जटिल प्रसूति समस्या भएकी रुकुम पश्चिमकी एक महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत मुसिकोट नगरपालिका– १ निवासी ३३ वर्षीया महिलाको उद्धार गरिएको हो।

मन्त्रालयका अनुसार असाेज ८ गते जटिल प्रसूति समस्या देखिएपछि उनलाई थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत लगिएको हो। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ सेवा उपलब्ध गराउन उनको तत्काल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाइ हुने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमअन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा हवाई उद्धार गरी उपचारका लागि सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याउने गरिएको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार