नेकपा एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा राखेको धारणा प्रशंसायोग्य रहेको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेख्दै युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको व्यापार तथा व्यापारिक होडबाजीबाट साना तथा कमजोर मुलुक र नागरिकमाथि परिरहेको दबाबबारे प्रधानमन्त्री शाहले स्पष्ट धारणा राखेको उल्लेख गरेका छन्।
त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, जलवायु न्याय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको विषयलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा उठाएको उनले बताएका छन्।
नेपालले यी विषय लामो समयदेखि उठाउँदै आए पनि अहिलेको अवस्थामा महासभाजस्तो अन्तर्राष्ट्रिय मञ्चमा अझ जोडदार रूपमा प्रस्तुत गर्नु महत्त्वपूर्ण रहेको भट्टराईको भनाइ छ।