एकै दिन ८८ विदेशीको भिसा रद्द, निष्कासनको तयारी

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

भिसाको उदेश्यविपरीत नेपालमा बस्दै आएका ८८ जना चिनियाँको भिसा एकै दिन अध्यागमन विभागले रद्द गरेको छ। सिन्धुलीको मरिण गाउँपालिकास्थित जियान फुड प्रालिमा कार्यरत चिनियाँले अन्य कम्पनीको नाममा बिजनेस भिसा लिएका थिए। भिसाको उदेश्यविरपरीत अर्काे कम्पनीमा काम गरेको पाइएपछि भिसा रद्द गरेर निष्कासनको प्रक्रिया अघि बढाइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले जानकारी थिए। 

त्यहाँ चिनियाँ लगानीमा मासु प्रशोधनसम्बन्धी कम्पनी सञ्चालनमा छ। तर, त्यहाँका चिनियाँले भने फर्जी कम्पनी खडा गरेर भिसा लिएको विषयमा उजुरी परेको थियो।  
अध्यागमन नियमावली, २०५१ मा व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उद्देश्यका साथ नेपालमा बस्नुपर्ने व्यवस्था छ। व्यावसायिक भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न मिल्दैन। अध्यागमन विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य सर्तबमोजिमका क्रियाकलापमा मात्र संलग्न हुन अनुरोध गरेको छ। 

सुझावित समाचार