सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा देशभरबाट छनोट भएका करिब तीन सयजना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताको सहभागिता थियो । कार्यक्रममा सहभागीलाई कम्पनीका एजेन्सी ट्रेनिङ एन्ड डेभलपमेन्ट हेड उत्तमप्रसाद आचार्यले स्वागत गरेका थिए ।
गत आवमा उत्कृष्ट व्यवसाय प्रदर्शन तथा कम्पनीको व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न विधाका एजेन्सी म्यानेजर तथा अभिकर्तालाई ट्रफी, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको बताइएको छ । त्यसैगरी, सेल्फ कोड तथा बिडिआई टिम बिजनेसअन्तर्गत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड’ तथा ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मान गरिएको थियो ।
कम्पनीका अनुसार सेल्फ कोड क्वालिफायर्स, एमडिआरटी ग्लोबल कन्फेरेन्स २०२७, क्वालिफायर्स, प्रडक्ट एम्बासडर कन्टेस्ट, चेयरम्यान क्लबलगायत विधामा उत्कृष्टलाई सम्मान गरिएको छ । विशेष ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ले उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरको योगदानको सम्मान गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिका लागि प्रेरणा प्रदान गरेको कम्पनीले जनाएको छ ।