त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण
त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते

तस्बिर : संजित परियार

काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। आगलागीबाट गम्भीर घाइते लामालाई केहीबेर अघि कीर्तिपुरस्थित जलन अस्पताल पुर्‍याइएको छ। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार लामाको शरीरमा ९० प्रतिशतभन्दा बढी जलन भएको छ।

‘उहाँको जलन व्यापक छ, ९० प्रतिशतभन्दा बढी छ। उपचार निकै कठिन देखिन्छ,’ डा. राईले भने, ‘शरीरको सबै भागमा अत्यधिक जलन भएको छ।’ उनका अनुसार घाइते लामा हाल बोल्न सक्ने अवस्थामा छैनन्।

प्रारम्भिक विवरणअनुसार रिद्धिसिद्धि यातायातको बा.५ख ४२७४ नम्बरको बसका चालक लामाको ट्राफिक प्रहरीसँग भनाभन भएपछि विवाद भएको थियो। सोही विवादका क्रममा बसमा आगो लगाइएको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। आगलागीको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

सुझावित समाचार