प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढमा असोज २ देखि ४ गतेसम्म सम्पन्न कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधनका क्रममा सिइओ प्रसाईंले अभिकर्ता पेसा अँगालेर उत्कृष्ट व्यवसाय गर्नुहुने अभिकर्ता लिडरलाई कम्पनीले काम उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेको बताए ।
कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष ०८२/८३ को सफलताले आर्थिक वर्ष ०८३/८४ को तयारी जितको लक्ष्य एचिभ हुनेमा ढुक्क रहेको बताए । कम्पनीका व्यवस्थापक, अभिकर्ता गरी देशैभरिबाट करिब दुई सयजनाको उपस्थिति रहेको थियो ।