ग्यालेक्सी एस२६ एफई सार्वजनिक

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

सामसङ नेपालले ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङको प्रतिष्ठित ग्यालेक्सी एस२६ सिरिजअन्तर्गतको यो नयाँ मोडेल पातलो र हलुका डिजाइनमा तयार पारिएको छ । ८ जिबी र्याम र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध फोनको खुद्रा बिक्री मूल्य एक लाख १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

फोन खरिदमा ग्राहकका लागि २४ महिने किस्ताबन्दी (इएमआई) सुविधा उपलब्ध गराइएको छ । यसअन्तर्गत ग्राहकले मासिक तीन हजार दुई सय ५६ रुपैयाँ किस्ता तिरेर फोन खरिद गर्न सक्नेछन् । १२ महिने इएमआई लिँदा मासिक किस्ता ६ हजार रुपैयाँ पर्नेछ । 

फोन खरिद गर्दा ग्राहकले आठ हजार रुपैयाँसम्मको थप एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । त्यसैगरी, १८ हजार तीन सय ५१ रुपैयाँ मूल्यबराबरको ६ महिनाको गुगल एआई प्रो सब्स्क्रिप्सन ग्राहकलाई निःशुल्क उपलब्ध गराइनेछ । ग्यालेक्सी एस२६ एफईमा फोटोग्राफी र भिडियोग्राफीलाई उच्चस्तरीय बनाउन सुधारिएको ट्रिपल रियर क्यामरा र उन्नत इमेज प्रोसेसिङ प्रविधि राखिएको छ । यसमा थ्री एक्स अप्टिकल जुम सुविधा छ । अँध्यारो वा कम उज्यालोमा पनि स्पष्ट र उज्यालो फोटो खिच्न मद्दत गर्ने नाइटोग्राफी प्रविधि यसमा समावेश छ ।

सुझावित समाचार