सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी– १, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पताललाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायत्विअन्तर्गत अस्पतालको डायलाइसिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराएको हो।
अस्पतालको डायलाइसिस युनिटले हाल २१ वटा डायलायसिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीलाई नियमित सेवा प्रदान गरिरहेको छ। तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको बैंकले जनाएको छ।
सोहीअनुसार बैंकले डायलाइसिस युनिटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखेको हो। सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताललाई सहयोग स्वरूप अस्पतालको डायलाइसिस एकाइका लागि आर.ओ. प्रणाली हस्तान्तरण गरेका छन्।