नेपाली कराँते खेलाडी मीनबहादुर तामाङले २०औँ एसियाली खेलकुदमा पहिलो खेल जितेका छन् । आइतबार नागोयाको तोयोहासी जिम्यासिंउम हलमा उनले कुमुते पुरुष ६० केजीमुनिमा हङकङका हिम चाउलाई ४–१ ले पराजित गरे ।
उनी चलिरहेको एसियाली खेलकुदमा पहिलो खेल जित्ने नेपाली खेलाडी बनेका छन्। अब सेमिफाइनल प्रवेशका लागि उनले क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। आजदेखि सुरु भएको कराँते खेलमा नेपालका सबै खेलाडीले पहिलो दिन नै खेल्दै छन् ।