रसुवाको भोटेकोशी नदीमा आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याउने दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसिबी इन्डियाले सम्मान गरेको छ । उनीहरूलाई ‘बाउमा कनएक्स्पो इन्डिया २०२६’को जेसिबी प्याभिलियनमा सम्मान गरिएको थियो ।
जेसिबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध निर्देशक दीपक सेट्टीले दुवैको कामको प्रशंसा गरेका थिए । जेसिबी २२१ ट्र्याक्ड एक्स्काभेटर र अन्य मेसिन प्रयोग गरी राउत र अधिकारी त्रिशूली ३ ‘ए’ साइटमा लगातार उद्धार कार्यमा खटिएका थिए ।
उनीहरूको सहयोगमा त्यहाँ फसेका दुई व्यक्तिको जीवितै उद्धार सम्भव भएको थियो । उनीहरूको प्रशंसा गर्दै कम्पनीका सिइओ सेट्टीले विपत्तिमा समेत आशा जगाउने कथा भएको बताए ।