१० भदौको भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकारहरूका परिवारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, बाढीमा परिवार र घरवास गुमाएका पत्रकार नीराजन पौडेललाई पनि एक लाख सहयोग उपलब्ध गराइने महासंघले जनाएको छ।
अन्य प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको क्षतिको विवरण संकलन भइरहेको र आवश्यकताको आधारमा मापदण्ड तयार गरी सहायता वितरण गरिने महासंघले उल्लेख गरेको छ ।