साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२.८५ अंकले बढेर दुई हजार ६४७ अंकमा पुगेको छ । बैंकिङ समूहमा देखिएको आकर्षणले बजार बढाउन मुख्य योगदान गरेको छ । बैंकिङ समूहको सूचक १.५९ प्रतिशतले उकालो लागेको छ भने जीवन बिमा समूह १.५२ प्रतिशतले बढेको छ। अन्य अधिकांश समूहमा पनि वृद्धि देखिएको छ ।
बजार बढेसँगै कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार पाँच अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको कारोबार भयो । शुक्रबार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको र नाै कम्पनीको स्थिर रहेको छ । स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै १३.६६ प्रतिशत बढेको छ ।
कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्टकाे कारोबार धेरै भयाे ।