बिहीबार सेयर बजार परिसूचक नेप्से ११.९३ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक दुई हजार ६२४ अंकमा पुगेको छ।बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। बुधबार पाँच अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार कुल कारोबार पाँच अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
बिहीबार जीवन बिमा समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। उक्त समूह १.०८ प्रतिशतले बढ्दै सबैभन्दा धेरै वृद्धि हुने समूह बनेको छ। यस्तै, होटेल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, बैंकिङ ०.५८, माइक्रोफाइनान्स ०.५५, विकास बैंक ०.३८, उत्पादन तथा प्रशोधन ०.२७, फाइनान्स ०.२३, व्यापार ०.२२ र निर्जीवन बिमा समूह ०.०५ प्रतिशतले बढेका छन्। अर्कोतर्फ लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले घटेका छन्।
बिहीबार बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ। यस्तै, १६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। समग्रमा, कारोबार रकममा सामान्य वृद्धि र अधिकांश समूह तथा कम्पनीको मूल्य बढ्दा बिहीबारको सेयर बजार सकारात्मक देखिएको छ।