सुनचाँदीको मूल्य घट्यो

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला नाै सय रुपैयाँले घटेर तीन लाख एक सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर चार हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार