पशु चौपाया महाकाली नदी तराउने क्रममा ६० वर्षीय वृद्ध बेपत्ता

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

कञ्चनपुरस्थित महाकाली नदीमा अर्का एक व्यक्ति बेपत्ता भएका छन्। सोमबार बिहान साढे ९ बजेतिर दोधाराचाँदनी नगरपालिका– ४, मालिका टोलका ६० वर्षीय जितबहादुर दमाईं बेपत्ता भएका हुन्।

आठ दिनअघि दोधाराचाँदनीकै १५ वर्षीया सृष्टि सुनार महाकालीमा बेपत्ता भएकी थिइन्। सृष्टिको शव फेला नपर्दै अर्का एकजना बेपत्ता भएका हुन्।

दमाईं महाकाली नदीमा पशु चौपाया तराउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका गणपति एसपी प्रेमप्रकाश सिग्देलले नदीमा बेपत्ता जितबहादुरको खोजी भइरहेको बताए।
 

सुझावित समाचार