पोखरा फाइनान्स र काष्ठ परिस्करबिच सम्झौता

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुढानीलकण्ठस्थित काष्ठ परिस्कर प्रालिबाट फर्निचर खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । पोखरा फाइनान्स र काष्ठ परिस्करबिच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले काष्ठ परिस्करबाट फर्निचर खरिद गरी पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सुझावित समाचार