आफ्नो विदेश भ्रमणको ‘ट्राभल हिस्ट्री’ नागरिक एपमै हेर्न मिल्ने

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

आफ्नाे विदेश भ्रमणसम्बन्धी विवरण नागरिक एपमै हेर्न सकिने भएको छ । अध्यागमन विभागले अध्यागमनको नेपाल पोर्ट र नागरिक एपबिच इन्ट्रिगेसन गरेको छ । 

अध्यागमन विभागले शुक्रबार जारी गरेकाे विज्ञप्तिअनुसार आफ्नो भ्रमण विवरण माग्दै ठुलो संख्यामा सेवाग्राही विभागमा धाउने गर्दछन् । अब, नागरिक एपबाट आफैँ विवरण निकाल्न सकिने विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । 

यसका लागि नागरिक एपमा अध्यागमन शीर्षकमा गएर आफ्नो पासपोर्ट नम्बरलगायत विवरण भर्नुपर्ने हुन्छ । विवरण अद्यावधिक भएलगत्तै सो पासपोर्टमार्फत भएका विदेश भ्रमणका सबै विवरण एपमै हेर्न सकिनेछ । पुरानो पासपोर्टको हकमा सो पासपोर्ट छुट्टै नम्बर राखेर हेर्नुपर्ने हुन्छ । 

सुझावित समाचार