भैरहवाको क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

भैरहवाको कालिंगा क्यासिनोमा जुवा खेल्ने ५ नेपालीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो सवा ४ बजे क्यासिनोमा छापा हानेको हो । 

जुवा खेल्ने पाँच नेपाली र म्यानेजरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा म्याग्दी घर भएका नारायण घर्ती, कास्कीका रोशन केसी र सुदीप आचार्य, बुटवलका रामु श्रेष्ठ र चन्द्रप्रसाद श्रेष्ठ छन् । त्यस्तै, क्यासिनोका म्यानेजर भारतीय नागरिक पासर भाटिया पनि पक्राउ परेका छन्। उनीहरूमाथि कारबाहीका लागि वडा प्रहरी कार्यालय, भैरहवामा पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध भए पनि मिलेमतोमा जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। 
 

सुझावित समाचार