कोरला नाकाबाट ढुवानी गरी जिडब्ल्युएमका ‘ओरा ५’ र ‘जोलियन म्याक्स इभी’ डेलिभरी सुरु

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

नेपालमा जिडब्ल्युएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले ओरा ५ इभी र हावाल जोलियन म्याक्स इभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्याउने तयारी तीव्र बनाएको जनाएको छ।

भोटेकोशी बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीमा वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसबाट सडक अवरोधका बिच पनि गाडीको ढुवानी तथा डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ।

हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स इभी जिडब्ल्युएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयुभी हो। कम्पनीले यसलाई ५९.९९ लाख रुपैयाँको विशेष सुरुवाती मूल्यमा बजारमा प्रस्तुत गरेको थियो।

ओरा ५ र जोलियन म्याक्स इभी दुवै मोडलले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। विशेष गरी नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि र प्रिमियम एसयुभी सेगमेन्टमा केन्द्रित यी मोडलप्रति ग्राहकको चासो बढिरहेको कम्पनीको भनाइ छ।

भिजी इम्पेक्सका अनुसार ग्राहकबाट प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेको छ र डेलिभरीको समयतालिकासम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिनेछ। कम्पनीले ग्राहकलाई बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया सहज र व्यवस्थित बनाउनेतर्फ ध्यानकेन्द्रित गरेको जनाएको छ।

सुझावित समाचार