नेप्से १३ अंकले घट्दा चार अर्बको सेयर कारोबार

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से १३.८५ अंकले घटेर दुई हजार ५३१.५५ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले घटेको छ।

नेप्सेसँगै कारोबार रकममा समेत सामान्य गिरावट आएको छ। बुधबार चार अर्ब १९ करोडको सेयर खरिद–बिक्री भएकोमा बिहीबार चार अर्ब नौ लाखमा सीमित भएको हो। आज ३४१ कम्पनीका एक करोड पाँच लाख कित्ता सेयर किनबेच भए।

आज नेप्सेका सबै समूहको सूचकसमेत ओरालो लागेका छन्। उत्पादन तथा प्रशोधन समूह १.१४ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

घटेको बजारमा लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। डोल्ती पावर कम्पनी, अपर लोहोरे खोला, इमर्जिङ नेपाल र शिवश्री हाइड्रोका लगानीकर्ताले क्रमशः आठ, सात, पाँच र चार प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्।

तर, सिन्धु विकास बैंकका लगानीकर्ताले १४.९८ प्रतिशत गुमाएका छन्। प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको मूल्य पनि क्रमशः १० र नौ प्रतिशतभन्दा धेरैले घटेको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा आज लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा छ। यो कम्पनीको १९ लाख २७ हजारभन्दा बढी सेयर ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँमा खरिद–बिक्री भयो।

सुझावित समाचार