इनड्राइभद्वारा राहत तथा पुनर्स्थापनाका लागि सात करोड ५० लाख सहयोग

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लाटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सात करोड ५० लाख रुपैयाँ योगदान गरेको छ।

उक्त सहयोग रकम बुधबार इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्याएको छ। यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका– ९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको हो।

प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लांकेट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ।

सुझावित समाचार