२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन्।

प्राप्त विवरणअनुसार मधेश प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको उल्लेख छ। त्यस्तै, बागमती प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना, गण्डकी प्रदेशमा एकजना र लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको विवरणमा उल्लेख छ। 

घाइते हुनेमा मधेश प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २३ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, काठमाडौं उपत्यकामा ११ जना, गण्डकी प्रदेशमा पाँचजना, बागमती प्रदेशमा पाँचजना र कर्णाली प्रदेशमा चारजना रहेका छन्। सवारी दुर्घटनाबाट भएको मानवीय क्षतिको विस्तृत विवरण सम्बन्धित निकायबाट सार्वजनिक हुने क्रम जारी छ।

सुझावित समाचार