सुनचाँदीको मूल्य बढ्यो

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार चार सय रुपैयाँले वृद्धि भएको छ।

बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १०५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार