सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन’ कर्जा

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ स्थिर ब्याजदरमा घर र सवारीसाधन कर्जा योजना ल्याएको छ।

बैंकले पाँच वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत ब्याजदरमा ‘सजिलो घर कर्जा’ र तीन वर्षको लागि स्थिर रहने गरी ५.९९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको हो।

यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर घर कर्जामा ५ वर्षसम्म स्थिर र सवारीसाधन कर्जामा ३ वर्षसम्म स्थिर रहनेछ। स्थिर अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने बैंकले जनाएको छ।

सुझावित समाचार