वात्सल्य नेचुरल आइभिएफले शून्य प्रतिशत ब्याजमै किस्ताबन्दीमार्फत सेवा दिने

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

निःसन्तान दम्पतीहरूलाई अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रजनन उपचार सेवा प्रदान गर्दै आएको आइभिएफ क्लिनिक वात्सल्य नेचुरल आइभिएफले सन्तान प्राप्तिको यात्रालाई आर्थिक रूपमा अझ सहज र पहुँचयोग्य बनाउन ‘इजी मदरहुड इनिसिएटिभ’ सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत अब सेवाग्राहीले कुनै पनि अतिरिक्त ब्याज नतिरी ९ महिनाको सहज मासिक किस्ताबन्दी (इएमआई)मार्फत आफ्ना सम्पूर्ण आइभिएफ तथा प्रजनन उपचार सेवाहरू लिन सक्नेछन्।

प्रजनन स्वास्थ्यमा उमेर र समयको संवेदनशीलतालाई ध्यानमा राख्दै, आर्थिक अभावकै कारण कसैको सन्तान जन्माउने सपना अधुरो नरहोस् भन्ने उद्देश्यले यो योजना ल्याएको वात्सल्यले जनाएको छ।

किस्ताबन्दी सुविधा छनोट गरे पनि उपचारको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै वात्सल्यले दम्पतीले पाउने व्यक्तिगत हेरचाह क्लिनिकल प्रोटोकल, वरिष्ठ विशेषज्ञहरूको परामर्श तथा अत्याधुनिक एम्ब्रायोलोजी ल्याब सेवा यथावत रहने प्रस्ट पारेको छ।

न्यूनतम कागजी प्रक्रिया तथा सहज प्रमाणीकरणमार्फत २४ देखि ४८ घण्टाभित्र योजना स्वीकृत हुने व्यवस्था मिलाइएको छ। कम्पनीका अनुसार यो सेवा वात्सल्यको नारायणचौर, नक्सालस्थित केन्द्रबाट लिन सकिनेछ।

सुझावित समाचार