प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हालसम्म रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका नौवटा नेपाली रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।

अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको कार्यालयले जनाएको छ।

यसैगरी, रसुवा–भोटेकोशी बाढीपछि कोषमा रु. ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर संकलन भएको छ। उक्त रकम विपतअघिको कोषमा रहेको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो।

अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते मात्रै कोषमा रु. ३० करोड ६२ लाख तथा १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ।

विपतपछि राहत तथा पुनर्स्थापनाका लागि कोषमा स्वदेश तथा विदेशबाट सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार