कांग्रेस महाधिवेशन : तल्लो तहको अधिवेशन कार्यतालिका संशोधन

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका परिमार्जन भएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीको क्षतिलाई ध्यानमा राख्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो।

वडा अधिवेशन स्थानीय अनुकूलताअनुसार असोज ३ गते शनिबार र ४ गते आइतबार तथा गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते बुधबारलाई तोकिएको छ।

प्रदेश सभा र प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन असोज १० गते शनिबारलाई निर्धारण गरिएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयमै हुने तथा जिल्ला र प्रदेश अधिवेशनको समयतालिका पछि प्रकाशित हुने सूचनामा उल्लेख छ।

सुझावित समाचार