नेपाली कांग्रेसले १५औँ महाधिवेशन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गर्ने तयारी गरेको छ। मंगलबार सभागृहलाई पत्र लेख्दै कांग्रेसले प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैँचा उपलब्ध गराइदिन आग्रह गरेको छ।
कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६, १७, १८ र १९ गते आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ देखि २० गतेसम्मलाई बुकिङ गर्न लागेको हो।
