वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

 वैदेशिक रोजगार विभागको महानिर्देशकमा नवराज ढकाल नियुक्त भएका छन् । यसअघि उक्त विभागको महानिर्देशकमा मीरा आचार्य थिइन् । ढकाललाई वैदेशिक रोजगार व्यवसायी संघले भेटेर वर्तमान समस्या समाधानका लागि आग्रहसमेत गरेका छन् ।

संघले उठाएका नीतिगत माग सम्बोधनका लागि पहलकदमी लिनसमेत आग्रह गरेको महासचिव हिराबहादुर डाँगीले जानकारी दिए ।

उनका अनुसार भेटमा मलेसियाको रोजगारीमा सिन्डिकेट गर्न खोज्ने समूहबारे जाँचबुझ गरी आवश्यक कारबाही गर्न, विभाग र व्यवसायीबिच विश्वासको वातावरण सिर्जना गर्न तथा वैदेशिक रोजगारलाई मर्यादित बनाउन सबै खालको पहलकदमी लिन आग्रह गरिएको छ ।

सुझावित समाचार