उदयपुरमा थेरापी गर्ने क्रममा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–१२, जनप्रेमी टोलकी ७४ वर्षीया रामकुमारी राईको आफ्नै घरमा थेरापी गर्ने क्रममा मेसिनबाट करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार सोमबार यो घटना भएको हो। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव जिम्मा लगाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।